‘बहाल-बहिल काठमाडौंको गौरवपूर्ण इतिहास पुनरुत्थानका लागि महानगर तयार’: डंगोल
kalakarmi.com · Sun May 24 10:35:20 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले बहाल-बहिल हाम्रा संस्कृति र गौरवपूर्ण इतिहास भएको भन्दै तिनीहरुको पुनरुस्थानका लागि महानगरपालिका तयार रहेको जानकारी दिइन् । नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आयोजना गरेको ‘बहाल(बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीलाई सम्वोधन गर्दै डंगोलले यस्तो बताएकी हुन् ।
‘काठमाडौं भित्र भएका बहाल–बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा यसरी गोष्ठी गरेर एक अर्काको बहाल-बहिलका बारेमा जान्ने–बुझ्ने अवसर दिनु आफैँमा राम्रो सुरुवात हो ।’ डंगोलले भनिन् ‘काठमाडौं भित्र भएका १६ वटा बहिलहरू मध्ये अहिले कतिवटा बहिलहरु नाम छ तर ती बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख नासिँदै गएको अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)