नेपालगञ्जका राजभवन र मेघालय
gorkhapatraonline.com · Wed Sep 09 05:15:14 GMT 2026

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको नेपालगञ्जको फुलटेक्रामा दुई वटा भव्य पुराना राणाकालीन भवन छन् । ती भनेका नेपालगञ्जका तत्कालीन बडाहाकिम राजशमशेर जबराद्वारा सन् १९३४ मा निर्मित राजभवन र मेघराजशमशेर जबराद्वारा त्यतिबेलै निर्मित मेघालय हुन् ।
नेपालगञ्ज बजारमा रहेका थुप्रै राणाकालीन भवनमध्येमा अब कम मात्र अस्तित्वमा छन् । जसमध्ये राजभवन र मेघालय पर्दछन् । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सन् १८५७ को लखनउ विद्रोहलाई दमन गर्न नेपालले ब्रिटिस पक्षलाई करिब १४ हजार सैनिक सहयोग उपलब्ध गराएको थियो । जङ्गबहादुर राणाले आफ्नै नेतृत्वमा ब्रिटिसलाई सैनिक सहयोग उपलब्ध गराएबापत ब्रिटिसबाट नेपालले चार वटा जिल्ला (क्षेत्र) उपहार पाएको थियो । उपहार पाएका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नयाँ मुलुक भनेर चिनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)