खोलाले बगाउँदा किशोर बेपत्ता
gorkhapatraonline.com · Wed Sep 09 05:18:16 GMT 2026

बाजुरामा खोलाले बगाउँदा एक जना किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १६-१७ वर्षीय छोरा अनुज सिंह रहेका छन् ।
भदौ २३ गते दिउँसो बाख्रा चराउन गएका सिंह कालसिगे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी चौकी जुड्डीका इन्चार्ज रमेश रावलले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)