जनकपुरको धनुषा अस्पतालमा महिलाको मृत्यु, अवस्था तनावग्रस्त
onlinekhabar.com · Wed Jul 08 15:53:50 GMT 2026

२४ असार, जनकपुरधाम । जनकपुरको धनुषा अस्पतालमा महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । गर्भमा मृत्यु भएका आठ महिने शिशु निकाल्न सोमबार भर्ना भएकी सिरहाको सिरहा नगरपालिका-२१ लग्डीगोठकी २३ वर्षीया कल्याणी पासवानको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकका पति सतेन्द्र पासवानका अनुसार भर्ना भएपछि अस्पतालले मृतक शिशु औषधि सेवनपश्चात समान्य तरिकाबाट बाहिर निस्किने अस्पतालकी स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा.स्वति जयसवालले आश्वासन दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)