जेनजी आ'न्दोलनको एक वर्ष : खर्ब नजिक भौतिक क्ष'ति!
barnanmedia.com · Wed Sep 09 05:12:30 GMT 2026

जेनजी आ'न्दोलनका क्रममा भएको आ'गज'नी र तो'डफो'डबाट मुलुकभरका २ हजार ६७१ भवनमा क्षति पुगेको सरकारी तथ्यांक छ। राष्ट्रिय योजना आयोगको अध्ययनअनुसार आ'न्दोलनबाट भएको कुल भौतिक क्ष'ति ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबर रहेको छ। यो क्ष'ति नेपालको कुल गार्हस्थ उत्पादनको करिब १.३८ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटको ४.३० प्रतिशत बराबर हो। आ'न्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, विभिन्न अदालत, संवैधानिक निकाय, मन्त्रालय, सुरक्षा निकायका भवन तथा राजनीतिक दलका कार्यालय र निजी व्यवसायिक प्रतिष्ठानमा समेत ठूलो क्ष'ति पुगेको थियो।
सरकारी तथ्यांकअनुसार क्ष'तिग्र'स्त भवनमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन थिए। भवनमा मात्रै करिब ३९ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्ष'ति भएको थियो। त्यस्तै, सवारीसाधनमा १३ अर्ब रुपैयाँ, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख रुपैयाँ तथा नगद र बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड रुपैयाँ बराबरको क्ष'ति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)