बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा आदित्य मोक्षधाममा दीप प्रज्ज्वलन
annapurnapost.com · Wed Sep 09 05:22:00 GMT 2026

पनौती : रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका ज्ञात–अज्ञात व्यक्तिहरूको सम्झनामा काभ्रेपलाञ्चोकको पनौती– ३ मा रहेको आदित्य मोक्षधाममा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जलि सभा गरिएको छ ।
मोक्षधामको आयोजनामा सम्पन्न सभामा मन्त्रोच्चारणसहित दीप प्रज्ज्वलन, मौनधारण तथा श्रद्धाञ्जलि अर्पण गर्दै विपद्मा ज्यान गुमाएका आत्माको चिरशान्तिको कामना गरिएको थियो । सहभागीहरूले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै बाढीपहिरोबाट भएको क्षति सोचेभन्दा निकै भयावह रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)