कामना सेवा विकास बैंकद्वारा विद्यालयमा शैक्षिक तथा आवश्यक सामाग्री वितरण
corporatenepal.com · Wed Sep 09 05:22:53 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ ।
बैंकका काठमाडौ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी तथा शैक्षिक सामाग्रीहरु, स्कुल ब्याग, स्कुल ड्रेस र हाउस ड्रेस, जुत्ता तथा अन्य आवश्यक सामाग्रीहरु वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)