बैंकिङ प्रणालीबाट आज फेरि ५५ अर्ब उठाउँदै राष्ट्र बैंक
arthasansar.com · Wed Sep 09 05:33:56 GMT 2026

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा खिचिरहेको हो ।
केन्द्रीय बैंकले आज भदौ २४ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)