विदुरमा १२ दिनमा एक पटक पानी !
annapurnapost.com · Wed Sep 09 05:38:07 GMT 2026

नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विदुर खानेपानी संस्थाको फलाखु खोला मुहानसँगै मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्याएपछि विदुर नगर क्षेत्रमा खानेपानीको संकट चुलिएको छ। बाढीका कारण मुख्य पानीको स्रोत नै अवरुद्ध भएपछि अहिले विदुरका उपभोक्ताले १२ दिनमा एक दिनमात्र खानेपानी पाउने अवस्था आएको छ।
गत भदौ १० गते आएको बाढीले फलाखु खोला मुहानमा क्षति पुर्याउनुका साथै मुहानदेखि विदुरसम्मको करिब चार किलोमिटर मुख्य पाइपलाइनमा क्षति पुर्याएको विदुर खानेपानी संस्थाका सचिव रघुनाथ रिमालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)