संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा अधिवेशन सुरु
reportersnepal.com · Wed Sep 09 05:36:19 GMT 2026

न्युयोर्क, २४ भदौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले संयुक्त राष्ट्रसंघका लागि आफूले महत्वपूर्ण र चुनौतीपूर्ण समयमा जिम्मेवारी सम्हालेको बताए । संयुक्त राष्ट्रसंघ आफ्नो स्थापनाको नवौँ दशकमा प्रवेश गरिरहँदा विगतका उपलब्धिहरू महत्वपूर्ण भए पनि विश्वले गम्भीर चुनौतीहरूको सामना गरिरहेको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)