नेकपा सहसंयोजक नेपालसहितको टोली मस्कोमा
baahrakhari.com · Sun May 24 10:58:08 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालसहितको टोली रुसको राजधानी मस्को पुगेको छ । कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसनद्वारा आयोजित फोरममा सहभागी हुन चार सदस्यीय नेपाली टोली मस्को पुगेको हो ।
सहसंयोजक नेपालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल मस्को पुगेको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)