बाजुरामा खोला तर्ने क्रममा किशोर बेपत्ता
kendrabindu.com · Wed Sep 09 05:48:53 GMT 2026

बाजुरा । बाजुरामा खोला तर्ने क्रममा एक किशोर बगेर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ का अन्दाजी १६–१७ वर्षीय अनुज सिंह कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटका अनुसार मंगलबार दिउँसो बाख्रा चराउन गएका सिंह सोही ठाउँको कालसिङ्गे खोला तर्ने क्रममा बगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)