प्युठानमा खोलाले बगाउँदा दाजुभाइको मृत्यु
baahrakhari.com · Wed Jun 17 06:47:22 GMT 2026

काठमाडौं । प्युठानमा खोलाले बगाएर दाजुभाइको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू १० वर्षीय मिलन खत्री र सात वर्षीय बिमल खत्रीको सोही ठाउँस्थित जोगी पनेरा खोलाले बगाएर मृत्यु भएको हो ।
खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लुङबहाने र प्रहरी चौकी डामृबाट खटिएको प्रहरीले खोजी गरेका थिए । बिमलको शव मंगलबार दिउँसो र मिलनको शव बुधबार बिहान फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)