भोटेकोसी बाढी प्रभावितलाई सोसेकद्वारा सहयोग गर्ने प्रतिबद्धता
rajdhanidaily.com · Thu Aug 27 08:26:31 GMT 2026

दैलेख । गएको वुधबार रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट मानविय,भौतिक क्षती प्रती दुस्ख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बिहीवार विज्ञप्ति जारी गर्दै सोसेक नेपालले,सरकार, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी आपतकालीन राहत, पुनर्स्थापना र मनोसामाजिक सहयोगमा आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको हो ।
बाढीबाट बस्ती, बजार, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको जनाउँदै सोसेक नेपालले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेको छ। संस्थाले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ताको शीघ्र उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)