एनभीएलमा आज अन्नपूर्ण–खप्तड र कर्णाली–काठमाडौँ खेल्दै
ratopati.com · Wed Sep 09 06:27:03 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र खप्तड फाल्कन्स तथा कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने आजको पहिलो खेलमा अन्नपूर्ण र खप्तड खेल्दैछन् ।
यो खेल दिउँसो ४ बजे सुरु हुनेछ । अन्नपूर्ण ३ खेलमा २ जित, १ हारसहित ६ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ । अहिलेसम्म खेलेका तीन वटै खेलमा पराजित खप्तडले कुनै पनि अङ्क जोड्न सकेको छैन । खप्तड तालिकाको पुछारमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)