लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
gorkhapatraonline.com · Wed Sep 09 06:24:43 GMT 2026

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। मंगलबारसम्मको विवरणअनुसार सबैभन्दा धेरै बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएएको छ।
त्यसैगरी दाङका ५४ जना, बाँकेका २३ जना, रोल्पाका २४ जना, रुपन्देहीका १९ जना, पाल्पाका ९ जना, प्युठानका ९ जना, नवलपरासी पश्चिमका ९ जना, अर्घाखाँचीका ८ जना, गुल्मीका ७ जना, कपिलवस्तुका ६ जना र रुकुम पूर्वका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)