बाढी प्रभावितलाई प्याब्सन कोहलपुरको २१ लाख सहयोग
gorkhapatraonline.com · Wed Sep 09 06:25:19 GMT 2026

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन), कोहलपुरले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख रुपियाँ सहयोग गरेको छ ।
प्याब्सन कोहलपुरमा आबद्ध २५ वटा विद्यालयले प्रदान गरेको जम्मा २१ लाख २ हजार ६०२ रुपियाँ रकम एक कार्यक्रमबिच प्याब्सन बाँकेलाई हस्तान्तरण गरिएको हो । जसमध्ये प्याब्सन कोहलपुरमा आबद्ध केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख २९ हजार ५०५ रुपियाँ, प्याब्सन कोहलपुरको खातामा १३ लाख ७३ हजार ९९२ रुपियाँ र प्याब्सन बाँकेको खातामा १ लाख ९९ हजार १०५ रुपियाँ सहयोग हस्तान्तरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)