प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ, उद्योग बन्द भएकोमा ध्यान छैन : निश्कल राई
onlinekhabar.com · Wed Jun 17 07:14:57 GMT 2026

३ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन शाहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरे । सो क्रममा उनले इलाममा चिया उद्योगमा विगत तीन दिनदेखि लागेको तालाको विषय जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)