ई–पासपोर्ट ठेक्का प्रकरण : थप दुईजना अख्तियारको नियन्त्रणमा
baahrakhari.com · Wed Jun 17 07:19:07 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी (ई–पासपोर्ट)को ठेक्काको अनुसन्धान गर्ने क्रममा थप दुईजनालाई नियन्त्रणमा लिएको छ । अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनी मुहलबाउरका नेपालका स्थानीय प्रतिनिधि मनिन्दराज मल्ललाई नियन्त्रणमा लिएको हो ।
अख्तियार स्रोतका अनुसार, उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको हो र बुधबार विशेष अदालतमा पेस गरिएको थियो । विशेष अदालतले मंगलबारबाट लागु हुने गरी अनुसन्धानको लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)