राहत र पुनर्निर्माणका लागि के गर्दैछ प्रदेश सरकार ?
ratopati.com · Sun May 24 11:59:39 GMT 2026

विराटनगर । जेठ ८ गते परेको अविरल वर्षाका कारण पाँचथरको फालेलुङ र याङवरक क्षेत्रमा आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति पुर्याएपछि कोशी प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणको पहल गर्ने बताएको छ । प्रदेश सरकारले क्षतिको यकिन विवरण सङ्कलन भइरहेको र पीडितलाई राहत तथा आवास पुनर्निर्माणमा प्राथमिकता दिने बताएको हो ।
पाँचथरको पछिल्लो वस्तुस्थितिबारे जानकारी दिँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सोमबार प्रदेश विपद् व्यवस्थापन समितिको बैठक आह्वान गरिएको जानकारी दिए । उनका अनुसार जिल्लाबाट क्षतिको विस्तृत विवरण माग गरिएको छ भने प्रभावित क्षेत्रमा प्रदेशको टोली पनि जाने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)