भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिकालाई भैरहवा ल्याइयो, अभिभावकको जिम्मा लगाइँदै
ratopati.com · Wed Sep 09 06:48:24 GMT 2026

बुटवल । भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोर किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उनीहरूलाई रुपन्देहीको भैरहवा ल्याएर परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ।
भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा भारतका महाराष्ट्र, दिल्ली र झारखण्डलगायत स्थानबाट फरक–फरक समयमा उनीहरूको उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)