शहीदसँग नमिलेको सालिकको अनुहारपछि जेनजी स्मृति पार्कको उद्घाटन स्थगित
kalakarmi.com · Wed Sep 09 06:51:10 GMT 2026

काठमाडौं- ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’को उद्घाटन अन्तिम समयमा स्थगित भएको छ । पार्कमा निर्माण गरिएका जेनजी आन्दोलनका शहीदहरूको सालिक वास्तविक व्यक्तिको अनुहारसँग मेल नखाएको भन्दै शहीद परिवारले आपत्ति जनाएपछि उद्घाटन रोकिएको हो ।
जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको मंगलबार औपचारिक उद्घाटन गर्ने तयारी गरिएको थियो । उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङसमेत पार्क परिसरमा पुगिसकेका थिए । तर, शहीदका आफन्तहरूले सालिकको स्वरूप र अनुहार वास्तविक शहीदसँग नमिलेको भन्दै गम्भीर असन्तुष्टि जनाएपछि कार्यक्रम स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)