तथ्यांकमा नअटाएका बेपत्ताहरू
annapurnapost.com · Wed Sep 09 06:51:10 GMT 2026

विपत्ति आउँदा हामी सबैभन्दा पहिले संख्या खोज्छौं। कति जनाको मृत्यु भयो ? कति जना घाइते भए ? कति घर बगे ? कति परिवार विस्थापित भए ? कति जना बेपत्ता छन् ? समाचारका शीर्षकमा संख्या आउँछन्। सरकारी निकायले विवरण सार्वजनिक गर्छन्। दिन बित्दै जाँदा तथ्यांक फेरिन्छ। कतै नयाँ नाम थपिन्छन्, कतै सम्पर्कविहीन भनिएका मानिसहरू सुरक्षित भेटिन्छन्। कतिपयको अवस्था भने लामो समयसम्म अज्ञात रहन्छ। तर एउटा प्रश्न यथावत् रहन्छ, तथ्यांकमा नआएका मानिसहरू कहाँ छन् ?
अहिले देशले भोगिरहेको विपत्तिले यही प्रश्नलाई अझ गम्भीर बनाएको छ। बाढी, पहिरो र नदीको कटानले धेरैको घरबार उजाडेको छ। करोडौंको सम्पत्ति क्षति भएको छ। सडक, पुल, विद्युत् र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। तर भौतिक क्षतिको मूल्यांकन गर्न सकिए पनि मानवीय क्षतिको वास्तविक गहिराइ अंकमा मात्रै मापन गर्न सकिँदैन। घर फेरि बनाउन सकिन्छ। सडक फेरि बनाउन सकिन्छ। पुल फेरि जोड्न सकिन्छ। तर गुमेको जीवन फर्काउन सकिँदैन। अझ पीडादायी अवस्था त त्यो हो, जहाँ परिवारले आफ्नो मान्छे जीवित छ कि छैन भन्ने पनि थाहा पाउन सकेको छैन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)