पूर्वराजाले जन्मोत्सव मनाउने सम्बन्धी विज्ञप्ति ‘फेक’: फणिराज पाठक
nepalpress.com · Wed Jun 17 07:45:51 GMT 2026

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी असार २३ मा ८० औं जन्मोत्सव मनाउने सन्दर्भमा संवाद सचिवालयको नाममा जारी विज्ञप्ति ‘फेक’ भएको पाइएको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले आफूले विज्ञप्ति जारी नगरेको बताएका छन् ।
यसअघि सचिवालय निकाल्ने ढाँचाकै विज्ञप्ति आएपछि नेपाल प्रेससहितका सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । विज्ञप्तिमा असार २३ गते पूर्वराजालाई शुभकामना दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहने उल्लेख थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)