बागमती नदीमा बेपत्ता पाँच युवामध्ये दुई जना मृत भेटिए
annapurnapost.com · Sun May 24 12:17:19 GMT 2026

रौतहट : बागमती नदीमा बेपत्ता भएका पाँच युवामध्ये दुई जनाको शव भेटिएको छ । अन्य तीन जना सकुशल भेटिएका छन् । बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ ।
लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षका रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो मृत भेटिएका हुन् । रोहितको शव सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिकै आज आइतबार फेला परेको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)