मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
nagariknews.nagariknetwork.com · Wed Sep 09 07:05:46 GMT 2026

कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि बढाएको छ। पछिल्लो समयमा समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिचान, उपचार र नियन्त्रणमा बढी जोड दिँदै आएको छ। मन्त्रालयका अनुसार त्यस समस्या ग्रामीण भेगभन्दा सहरी क्षेत्रमा बढी देखिएको छ। मानसिक स्वास्थ्य समस्याको न्यूनीकरण तथा रोकथामका लागि मुलुकका सात प्रदेशमध्ये सबैभन्दा पहिला कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामजिक रणनीति तथा कार्ययोजना २०७९–२०८७ निर्माण गरेको हो।
चालु आव २०८३-८४ को भदौमा नै मन्त्रालयले मानसिक स्वास्थ्य सुदृढीकरण गर्न शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक तथा जनप्रतिनिधिलाई जनचेतना गराउन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)