निर्माण लागतको वृद्धिदर बढ्यो, इँटा र विद्युतीय तार सबैभन्दा महँगिए
aarthiknews.com

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा निर्माण लागतमा उल्लेख्य चाप परेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा निर्माण क्षेत्रको समग्र इनपुट मूल्य सूचकांक ३.८६ प्रतिशतले बढेको हो। यो पछिल्लो पाँच वर्षको चौथो त्रैमासिकमध्ये सबैभन्दा ठूलो वार्षिक वृद्धि हो।
चौथो त्रैमासमा मात्रै निर्माण क्षेत्रको इनपुट मूल्य सूचकांक अघिल्लो त्रैमासको १५७.६ अंकबाट १.७८ प्रतिशतले बढेर १६०.४ अंक पुगेको छ। यो आर्थिक वर्ष २०८२/८३ कै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)