गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
ratopati.com · Thu Jun 04 09:19:50 GMT 2026

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी भएको छ । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्दै आएको बा.२ झ १८७८ नम्बरको स्कोर्पियो चोरी भएको हो ।
गए राति १० बजेपछिको समयमा ललितपुरको दुरीखेलस्थित चालकको घरबाहिर पार्किङ गरेर राखेको गाडी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘गएराति १० बजेदेखि बिहान ६ बजेको बिचमा चोरी भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)