रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
gorkhapatraonline.com · Wed Sep 09 07:15:42 GMT 2026

प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्कको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्पा चौधरी र सुशान्त वैदिक सदस्य रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)