राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ
ratopati.com · Wed Jun 17 08:26:55 GMT 2026

काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान गर्न अख्तियारले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।
उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । असार १ मा साँझ आयोगले विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)