क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै
nepalnews.com · Wed Sep 09 07:44:21 GMT 2026

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै विभिन्न क्यानाडाली वस्तुको आयातमा प्रतिबन्ध र अतिरिक्त शुल्क लगाउने निर्णय गरेका छन्। ट्रम्पको निर्णयसँगै दुई देशबीचको व्यापार तनाव थप बढेको छ।
ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायत क्यानाडाली उत्पादनमा सेप्टेम्बर १५ देखि ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ। यस्तै, मादक पेय पदार्थ तथा केही दुग्धजन्य उत्पादनको आयातमा सेप्टेम्बर २९ देखि प्रतिबन्ध लगाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)