ट्रेलरपछि ‘बेहुली’ को क्रेज चुलियो, अग्रिम बुकिङमै १०० बढी शो
kalakarmi.com · Wed Sep 09 07:42:15 GMT 2026

काठमाडौं – यही शुक्रवार, भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को अग्रिम टिकट बिक्री प्रारम्भ भएको छ ।
ट्रेलर रिलिजसँगै डिजिटल प्लेटफर्ममा सुनामी ल्याएको यस फिल्मले अग्रिम टिकट बुकिङमा पनि सुखद सुरुवात गरेको छ । बुधवार बिहानसम्मको तथ्याङ्क अनुसार ‘बेहुली’ ले नेपालभरका हलहरूमा १०० भन्दा धेरै शो प्राप्त गरिसकेको छ, जसले बक्स अफिसमा बलियो ओपनिङको सङ्केत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)