भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला
gorkhapatraonline.com · Wed Sep 09 07:40:12 GMT 2026

रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोटेकोशी र त्रिशूली बाढीपछि हराइरहेका पाँच हजार १३२ जना अझै सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेलापरेको छ । तीमध्ये हालसम्म १०२ वटा शवको सनाखतपछि आफन्तले बुझिसकेका छन् । बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)