पृथ्वी राजमार्गमा पूर्ण रूपमा सञ्चालनमा
nagariknews.nagariknetwork.com · Fri Aug 28 12:33:09 GMT 2026

रसुवामा आएको बाढीपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको छ। सडक विभागका अनुसार राजमार्गअन्तर्गत मलेखु नजिकको पोखरी, बाँगे र गलौदी क्षेत्रमा जमेको लेदो हटाउने काम सकिएपछि यातायात सञ्चालनमा ल्याइएको हो।
बाढीका कारण गल्छी–बैरेनी खण्ड लेदोमाटोले पुरिएपछि राजमार्ग अवरुद्ध भएको थियो। यसअघि लेदो हटाएर बिहीबारदेखि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)