सडक दुर्घटनामा दुई जनाको मृत्यु
gorkhapatraonline.com · Wed Sep 09 08:05:49 GMT 2026

सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका-११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा ७५ प ३११० नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका-२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा गम्भीर घाइते थान्दारलाई विराट शिक्षण अस्पताल पुर्याइएकामा उपचारका क्रममा निधन भएको थियो । मृतक थान्दार रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)