‘सङ्खुवासभाका चार वटा हिमताल उच्च जोखिममा’
ratopati.com · Wed Sep 09 08:15:04 GMT 2026

काठमाडौँ । एमाले सांसद अर्जुनकुमार कार्कीले सङ्खुवासभाका चार वटा हिमताल उच्च जोखिममा रहेको भन्दै त्यस आसपासको बस्ती र संरचना जोखिममा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त जोखिमबारे जानकारी गराएका हुन् ।
‘विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार सङ्खुवासभाका भोटखोला र मकालु क्षेत्रमा रहेको सम्भावित जोखिमयुक्त तल्लो बरुण हिमतालसहित चार वटा हिमताल उच्च जोखिमको श्रेणीमा रहेका छन्’, कार्कीले भने, ‘कुनै कारणवश उक्त हिमताल विष्फोट भयो भने अरुण उपत्यकाका बस्ती, पुल, सडक, जलविद्युत आयोजनासहित महत्त्वपूर्ण पूर्वाधारमा ठुलो क्षति पुर्याउनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)