दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर
shilapatra.com · Sun May 24 13:42:00 GMT 2026

उपसभामुख रुबीकुमारी ठाकुरले मधेशमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेशबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताइन् ।
छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उनले मधेशले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गरिन् । 'छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो', उपसभामुख ठाकुरले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)