रसुवादेखि बगेका शव व्यवस्थापनमा परासी प्रहरी
annapurnapost.com · Wed Sep 09 08:21:29 GMT 2026

परासी : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेर आएका शवहरूको खोजी, उद्धार तथा व्यवस्थापनमा नवलपरासीस्थित सुरक्षाकर्मीहरू दिनरात नभनी अहोरात्र खटिएका छन् । गत भदौ १० गतेको विपद्लगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसेर नारायणी नदी तथा गण्डक तटीय क्षेत्रमा माइकिङसहित सतर्कता अपनाउन सुरु गरिएको थियो ।
बाढीको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसहित सुरक्षा निकायका प्रमुखहरूको टोली तटीय क्षेत्रमा पुगेको थियो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नारायणीपारिको सुस्ता गाउँका २ सय २० घरधुरीका १ हजार ४ सय ५७ जनालाई वारीस्थित सुस्ता गाउँपालिका–५ बलिनगरमा रहेको बीपी माध्यमिक विद्यालय र आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरियो । भदौ ११ गते जोखिम टरेपछि उनीहरू गाउँ फर्किए पनि नारायणी नदीमा भने भयानक दृश्य देखिन थालिसकेको थियो— भोटेकोशीको बाढीमा बगेर आएका शवहरू लहरै तैरिन थालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)