उद्योगीले सरकारलाई साथ दिएनन्,ग्यास अभाव भयो : मन्त्री यादव
annapurnapost.com · Wed Sep 09 08:30:24 GMT 2026

काठमाडौं : उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकोले सरकारले केहि गर्न नसकेको उनले गुनासो गरिन्।
मन्त्री यादवले ५८ वटा उद्योगले दैनिक ३–३ हजार सिलिन्डर मात्र काठमाडौं पठाइदिएको भए अभाव नहुने तर उद्योगीहरूले पठाउन नमानेको तर्क गरिन् । काठमाडौंका लागि सोमबार ४५ हजार र मंगलबार ४८ हजार सिलिन्डर हिँडेको भनिए तापनि बजारमा १९–२० हजारभन्दा बढी नपुगेको र बाँकी सिलिन्डर कहाँ हरायो भन्ने पत्ता लाग्न नसकेको उनले बताइन् । उनले १० औँ पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको र कानुनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नुपरेको उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)