बाढीमा बेपत्ता दार्चुलाका नागरिकको अवस्था तत्काल पत्ता लगाउन सांसद् ठगुन्नाको माग
nepalsamaya.com · Wed Sep 09 08:40:38 GMT 2026

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवा बाढीमा बेपत्ता भएका गृहजिल्ला दार्चुलाका पाँच जनाको अवस्था पत्ता लगाउनका लागि उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले १० भदौमा गएको बाढीमा परी दार्चुलाका पाँच जना सम्पर्कविहीन भएको जानकारी संसद्लाई दिँदै उनीहरूको उद्धारका लागि तीव्रता दिन सरकारसँग माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)