चमेलिया र महाकाली तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सांसद ठगुन्नाको माग
ratopati.com · Wed Sep 09 08:45:59 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले दार्चुलाको चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन्।
प्रत्येक वर्ष मनसुनको समयमा दार्चुलाका अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा महाकाली नदी तटीय क्षेत्रका नागरिक जोखिम मोलेर बस्नु परेको उनले बताए। सांसद ठगुन्नाले चमेलिया नदी किनारमा रहेको दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा अविलम्ब पक्की तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)