कार्की आयोग र मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सांसद शर्माको माग
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेकी छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले सामाजिक सञ्जालको प्रतिबन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेन–जी युवाहरूले गरेको आन्दोलनको उद्देश्य पवित्र रहेको बताएकी छन्। तर, शान्तिपूर्ण भनिएको आन्दोलनका क्रममा भदौ २४ गते मुलुकका ऐतिहासिक धरोहर तथा निजी सम्पत्तिमाथि भएको आगजनी र लुटपाटको घटनाप्रति उनले गम्भीर प्रश्न उठाएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)