रवि लामिछानेको दाबी– हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान विरलै भएको थियो
onlinekhabar.com · Wed Sep 09 08:56:56 GMT 2026

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले उद्धार, उपचार र राहतका तत्परताका साथ काम गरिरहेको उनले बताएका हुन् ।
‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो,’ लामिछानेले भने, ‘हज्जारौं सुरक्षाकर्मी प्रभावित क्षेत्र खटिए । तथ्यसहित भन्न सकिन्छ हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)