रसुवा बाढी र आगामी कार्यदिशा (विचार)
corporatenepal.com · Wed Sep 09 08:49:20 GMT 2026

-डा. गङ्गालाल तुलाधर-
हालै रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य बाढी मात्र नभई कसैले अनुमानसम्म लगाउन नसकिने प्राकृतिक प्रलय नै हो । विगतमा पनि हिमताल विस्फोट भई पटकपटक आएका बाढीका आधारमा यसलाई विज्ञानमा आधारित भएर न्यूनीकरणका तरिकाहरु अपनाउनुपर्छ भन्ने कुरा संसद्देखि राष्ट्रिय अन्तरराष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका थियौँ । समयमै यस बारेमा हामीले गम्भीरता देखाउन नसक्दा आज यति ठूलो प्रलय भोग्न विवश भयौँ । नेपाल जलवायु परिवर्तन, बाढीजन्य विपद्, भूकम्पलगायत विभिन्न बहुप्रकोपीय उच्च जोखिममा रहेको हुँदा यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा विगतमा कहिल्यै गम्भीरता देखाइको पाइँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)