मोदी खोलामा बजेको खतराको घण्टी !
nepalnews.com · Wed Sep 09 09:01:24 GMT 2026

कास्की । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन। ठूलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हिमालय क्षेत्रमा जुनसुकै बेला निम्तन सक्ने विपद्जन्य जोखिमलाई थप उजागर गरेको छ।
हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशित घटना हुनसक्ने विज्ञहरुको चिन्ताबीच भोटेकोशी–त्रिशूली बाढीले भयावह विनाश मच्चाएको छ। शताब्दीकै ठूलो र विनाशकारी मानिएको यस विपत्तिपछि हिमालय क्षेत्रमा उत्पन्न हुनसक्ने विपद् र त्यसले तल्लोतटीय क्षेत्रमा ल्याउने सम्भावित विनाश र मानवीय संकटले यतिबेला सबैलाई झस्काएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)