ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ
reportersnepal.com · Wed Sep 09 09:05:54 GMT 2026

वासिङ्टन, २४ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद चर्काउँदै विभिन्न क्यानाडाली वस्तुको आयातमा प्रतिबन्ध तथा उच्च शुल्क लगाउने निर्णय गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्भरता घटाउँदा लागत बढ्ने भए पनि दीर्घकालीन लाभ त्यसको पीडाभन्दा बढी हुने बताएका छन् ।
ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायत क्यानाडाली उत्पादनमा सेप्टेम्बर १५ देखि ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ । मादक पेय पदार्थ तथा केही दुग्ध उत्पादनको आयातमा सेप्टेम्बर २९ देखि प्रतिबन्ध लगाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)