मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते
gorkhapatraonline.com · Sun May 24 14:27:38 GMT 2026

मनकामना सडक खण्डमा आइतबार साँझ भएको सवारी दुर्घटना भएको छ । बोलेरो जिप सडकबाट खसेर दरौँदी र मर्स्याङ्दी नदीको दोभानमा पुगेको हो। आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटना आइतबार बेलुका करिब ६:४५ बजेको हो । दुर्घटना लगत्तै स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेका थिए । नदी किनारको अप्ठ्यारो खोचमा खसेको गाडीबाट दुई जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घाइते दुवै जनालाई तत्काल उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको छ र उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)