रवि लामिछानेको अभियोग संशोधन- मुद्दाबाट उन्मुक्त भएकै हुन् ?
nepalpress.com · Sun May 24 14:35:21 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसहित तीन जनामाथि लागेको सहकारी ठगी मुद्दाको अभियोग संशोधनसम्बन्धी तत्कालीन महान्यायाधिवक्ताको निर्णयलाई कास्की जिल्ला अदालतले स्वीकार गरेको छ । अहिले व्याप्त बनेको चर्चाअनुसार लामिछानेसहित जीवी राई र छविलाल बन्जाडे जोशीसमेत उक्त अभियोगबाट उन्मुक्त छन् ।
अधिवक्ता केशवराज अर्यालका अनुसार उनीहरू विरुद्ध अझै तीनवटा जिल्लामा सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कायमै छ । तसर्थ लामिछानेसहितका प्रतिवादी सबैतिरको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट उन्मुक्त भएका छैनन् । त्यसमाथि सर्वोच्च अदालतमा यही विषयको मुद्दा विचाराधीन छ । यसर्थ तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको अभियोग संशोधन गर्ने निर्णयका कारण लामिछानेसहितका प्रतिवादी अझै पूर्णतः मुक्त छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)