रास्वपाकै केन्द्रीय सदस्यले ग्यास नपाएर हैरान, फेसबुकमा सोधिन्- 'सिलिन्डर कहाँ पाउँछ ?'
barnanmedia.com · Wed Sep 09 09:11:25 GMT 2026

बजारमा खाना पकाउने ग्यासको चरम अभाव भएसँगै सर्वसाधारण मात्र होइन, सरकारमै रहेको दलका मेताहरू समेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डे लम्सालले ग्यास नपाएर सामाजिक सञ्जालमार्फत नै गुहार मागेकी छन् ।
ग्यास सकिएर निकै समस्यामा परेपछि उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ग्यास कहाँ पाइन्छ भनेर सार्वजनिक रूपमै प्रश्न गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘हैन यो ग्यास सिलिन्डर कहॅा पाउँछ, गार्हो पो पर्ने भो त ?’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)