जोटाको गोलमा लिभरपुलको जीत
neplays.com
इंग्लिस प्रिमियर लिगमा लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा क्रिस्टलप्यालेसविरुद्ध १-० को कठिन जीत दर्ता गर्दै लिभरपुल तालिकामा ३ अंक थप्न सफल भयो । लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध खेलको सुरुवातमै प्रभावशाली प्रदर्शन गर्दै नौ मिनेटमा डियोगो जोटाले महत्वपूर्ण गोल गरेका थिए।
त्सिमिकासले बाँया तर्फबाट गाक्पोलाई पास दिए, र गाक्पोले पेनाल्टी बक्सभित्रबाट लो बललाई जोटाले गोल गरे । यो जोटाको लिभरपुलको लागि १०० औं खेलको अवसरमा आएको शानदार गोलको रुपमा दर्ज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)